JHAPA, FEBRUARY 9
The number of cancer cases have been increasing in Jhapa district owing to various reasons, such as adulterated food, unhealthy lifestyle, and lack of t
Now you can book your appointment with World Class Cancer Specialists only at Purbanchal Cancer Hospital. Early diagnosis is crucial to early Cancer treatment and Cure. Book your appointment today!
We welcome you under the care umbrella of PCH.
मेचीनगर, २९ मंसिर । पूर्वाञ्चल क्यान्सर अस्पतालले जिल्लाका १५ पालिकामध्ये चार पालिकाका १५० जना ‘क्यान्सर विजेता’लाई सम्मान गरेको छ । भद्रपुर, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिका क्षेत्रमा पाठेघर, स्तन, बोनम्यारोलगायतका क्यान्सर भएर पूर्वाञ्चल क्यान्सर अस्पतालमै उपचारपछि निको भएकाहरुलाई अस्पतालले सम्मान गरेको हो । यसअघि तीन पालिकाको सम्मान गरिसकेको अस्पतालले शुक्रवार मेचीनगर नगरपालिकाका नौ जना क्यान्सर विजेतालाई सम्मान गरेको छ । महिलाहरुको पाठेघरको मुखमा क्यान्सर भए वा नभएको पत्ता लगाउन गरिने स्क्रिनिङ (परीक्षण) समेत अस्पतालले निःशुल्क गरिरहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बीरेन्द्र यादवले बताउनुभयो । उहाँले हरेक पालिकाका जनप्रतिनिधि, स्वयम्सेवकहरुलाई समेत क्यान्सर रोग लागेका विरामीलाई लापरवाही नगर्न र समयमै सम्बन्धित अस्पतालमा स्वास्थ्य जाँच गराउन लगाउन आग्रह गर्नुभयो । डा. यादवले महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन हरेकले आफ्ना किशोरी छोरीहरुलाई एचभीपी नामक खोप लगाउन अनिवार्य भएको बताउनुभयो । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले नगरमा मात्र दैनिक जसो दुईदेखि तीन जनासम्मलाई क्यान्सरलगायतका प्राण घातक रोगको उपचारका लागि उपचार सिफारिस प्रदान गरिरहेको बताउनुभयो । अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले क्यान्सर अस्पताल स्थापनाको चार बर्षमा झापामा २० हजार भन्दा बढीलाई सेवा प्रदान गरेको बताउनुभयो । उहाँले सो अवधिमा १२ हजार महिलाहरुको पाठेघरको मुखको स्क्यानर (क्यान्सर भए नभएको जाँच) गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल जिल्लाका १५ वटै पालिकामा क्यान्सर विजेताहरुलाई यसरी सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
JHAPA, FEBRUARY 9
The number of cancer cases have been increasing in Jhapa district owing to various reasons, such as adulterated food, unhealthy lifestyle, and lack of t
An epochal success has been achieved in the area of cancer treatment with the establishment and operation of a well-equipped Purbanchal Cancer Hospital in Birtamod, Jhapa.
It is claimed
Jhapa, Nov 5: An international conference of oncologists ‘Purbanchal Cancer Congress 2022’ began at Mechinagar of Jhapa district today.
Two hundred oncologists from Nepal, India and